विद्यालयको स्थापना -

२०१२ सालमा खैरहनी गा.वि.स. वडा नं. ३ मझुईमा प्राइमरी विद्यालयको नाममा विद्यालयको स्थापना भएको पाइन्छ । त्यसको ६ महिनापछि यस विद्यालयलाई सुल्तानामा स्थानान्तरण गरियो । वि.सं. २०१४ सालमा पुनः यसलाई खैरहनी गाउँमा स्थानान्तरण गरियो । खैरहनीबाट हालको यस स्थानमा विद्यालयको स्थानान्तरण भएको पाइन्छ । यस विद्यालयको संस्थापक स्व. कीशोरचन्द्र ढुंगाना हुनुहुन्थ्यो ।

  विद्यालयको स्वीकृती -

विद्यालयको तह कक्षाहरु स्वीकृती प्राप्त साल कैफियत
प्राथमिक तह, (स्थापना वि.सं. २०१२) १, २, ३, ४, ५ वि.सं. २०१४  
नि.मा.वि. तह ६, ७, ८ वि.सं. २०१८  
मा.वि. तह ९, १० वि.सं. २०२४  

  विद्यालयको नामकरण -

स्थापनाकाल वि.सं. २०१४ सालमा यस विद्यालयको नाम श्री खैरहनी प्राइमरी स्कूल भएको र वि.सं. २०२० सालमा महेन्द्र विद्याश्रमको नाम दिई संचालनमा रहेको यस विद्यालयको नाम वि.सं. २०२४ सालमा पृथ्वी मा.वि. का रुपमा परिवर्तन गरिए पश्चात् पुनः श्री खैरहनी मा.वि. कायम गरिएको पाइन्छ । यो विद्यालय श्री खैरहनी मा.वि., खैरहनी चितवनका नामबाट अद्यावधि परिचित छ ।
©Shree Khairahani Secondary School
All Right Reserve, 2006
Designed By: e-ZONE