|
|
| |
|
|
१.जुनु स्मृति छात्रवृत्ति
२.लाइन्स क्लब प्यागोडा सिटि छात्रवृत्ति
३.राप्ती ग्रीन सोसाइटि छात्रवृत्ति
४.जशोदादेवी निरौला स्मृति छात्रवृत्ति |
|
|
यसै विद्यालयमा अध्ययन गरेकी र जिल्ला स्तरीय प्रवेशिका ल्याकत परीक्षा उत्तीर्ण गरी प्रवेशिका परीक्षा दिने तयारी गरिरहेकी छात्रा जुनु पुनको २०६० चैत्र ९ गते बस दुर्घटना परी आकस्मिक निधन भएपछि उनका अभिभावकहरुले उनको स्मृतिमा रु. ५०,०००/- को अक्षयकोष खडा गरी सोको ब्याज रकमबाट प्रत्येक वर्ष निम्न माध्यमिक र माध्यमिक तहमा उत्कृष्ट अंक ल्याउने २ छात्राहरुलाई छात्रवृत्ति दिने व्यवस्था मिलाए अनुसार विद्यालयले सोही अनुरुप जुनु स्मृति छात्रवृत्ति वितरण गर्दै आएको छ ।
|
|
लाइन्स क्लब अफ प्यागोडा सिटि ललितपुरले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई वितरण गर्ने निर्देशन गरी दिने गरेको यो छात्रवृत्ति गरिब तथा जेहेन्दार विद्यार्थीहरुको अध्ययनमा राहत पुगोस भन्ने उद्देश्य राखी विद्यालयको वाषिर्कोत्सवको दिन हरेक वर्षवितरण गरिदै आएको छ ।
|
|
गरिब, दलित र जनजातिका बालबलिकाहरुलाई अध्ययनमा सुविधा पुर्याउने गरी "राप्ती ग्रीन सोसाइटि" नामक संस्थाले यो छात्रवृत्ति प्रदान गर्दछ । यस संस्थाले निम्न अवस्थामा छात्रवृत्ति सेवा उपलब्ध गराउँदै आएको छ ।
१ नियमित विद्यालयमा उपस्थित हुने गरिब, दलित र जनजातिका विद्यार्थीहरुलाई अध्ययनमा आवश्यक पर्ने सम्पूर्ण शैक्षिक सामाग्रीहरु प्रदान गर्दछ ।
२ उत्कृष्ट अंक ल्याउने प्राथमिक तहका दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दछ ।
३ अतिरिक्त क्रियाकलापमा सहभागी हुने दलित र जनजातिका विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गर्दछ ।
४ यस संस्थाले प्राथमिक तहका गरिब, दलित र जनजाति विद्यार्थीहरुलाई मात्र पुरस्कारको व्यवस्था गरेको छ । |
|
समाजसेवी भुवानी प्रसाद निरौलाकी अर्धाङ्गिनी श्रीमती जशोदादेवी निरौलाको वि:स:२०६३ बैशाखमा असामयिक निधन भएपछि यहाँको स्मृतिमा स्थापना गरिएको यो छात्रवृत्ति कक्षा ५,६,७ र ८ मा प्रथम र द्धितीय स्थान हासिल गर्ने छात्र छात्रालाई एक-एक सेथ पाठ्यपुसस्तक वितरण गरिन्छ ।
|
|
|
|
|
|
|